दफा ४
दल दर्ता हुनु पर्ने
(१) दफा ३ बमोजिम गठन भएको दल आयोगमा दर्ता हुनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम आयोगमा दर्ता भई यो ऐन प्रारम्भ हुँदाका बखत दर्ता कायम रहेको दल दर्ता हुनु पर्ने छैन र त्यस्तो दल यसै
ऐन बमोजिम दर्ता भएको मानिनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाको बखत दर्ता कायम रहेको दलले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र दफा ५ को उपदफा (१) को खण्ड (क), (ख), (ग), (च) र (छ) बमोजिमका विवरण तथा कागजात आयोगमा पेश गर्नु पर्नेछ ।
(४) यस ऐन बमोजिम दर्ता भएको दलले यस ऐन बमोजिमको अधिकारको प्रयोग गर्न र सुविधा प्राप्त गर्न सक्नेछ ।
(५) आयोगले यस ऐन बमोजिम दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।